Friday, May 15, 2026

HEALTH

गर्भधारण गर्न पनि सल्लाह लिनु राम्रो

डा. सुमनराज ताम्राकार

स्त्री तथा प्रसूति रोग विशेषज्ञ

गत मंसिरमा विवाह गरेका एक जोडी दम्पती केही महिनापछि गर्भधारण गर्ने विषयमा परामर्शको लागि अस्पतालमा आएका थिए गर्भधारण गर्नकै लागि दम्पतीले सल्लाह लिने प्रचलन नेपालमा निकै कम विकसित मुलुकहरुमा भने गर्भधारण गर्नुुपर्ूव सल्लाह-परामर्श लिने चलन निकै चलेको दखिन्छ हालैका वर्षरुमा नेपालमा पनि सहरी क्षेत्रका शिक्षित दम्पतीहरुबीच यो प्रचलन लोकप्रिय हुन थालेको यो निकै सकारात्मक कुरा हो

सहरी क्षेत्रमा क्रमशः ढिला विवाह गर्ने प्रचलन बढ्दै गएको, मधुमेह, उच्च रक्तचापजस्ता समस्या बढ्ता हुने गरेको, मद्यपान एवम् लागू पदार्थ सेवन गर्ने बानी बढ्न थालेको तथा ग्रामीण भेगमा रक्तअल्पता, मुटुको समस्या -निदान नभएको) एवम् धूमपान गर्ने चलन भएको कारणले भविष्यको गर्भलाई प्रतिकुल असर पार्ने निकै सम्भावना रहन्छ यी सम्भावनाका खतराबाट बच्नका लागि चिकित्सकको परामर्श लिनु उचित हुन्छ यी समस्या तथा खराब आचरणबारे चिकित्सकलाई राम्रो जानकारी नदिई उचित परामर्श पाइँदैन

विवाहपश्चात् महिनावारी रोकिएर गर्भजाँच गर्न आउने बेलामा परामर्श लिने प्रयास हुन्छ तर कहिलेकाहीँ यस्तो सल्लाह-सुझाव लिन ढिलो भैसकेको हुन्छ त्यसैले कुनै पनि दम्पतीलाई गर्भ रहनुपर्ूव नै गर्भावस्था, गर्भअवधि तथा त्यसका परिणामहरुबारे जानकारी गराउनु बुद्धिमानी हुन्छ गर्भावस्थाको पहिलो त्रैमासिकको अन्त्यसम्ममा पाठेघरभित्रको भ्रूणको अंग-प्रत्यंग बन्ने कार्य सम्पन्न हुन्छ यस अवधिभित्र नै महिलामा रहेको वंशाणुगत तथा अन्य प्रकारका संक्रामक रोगहरुले पाठेघरमा बढ्दै गरेको भ्रूण वा शिशुलाई नराम्रो असर पार्दछ ।र्

गर्भपर्ूवको अवस्थामा किशोरी वा महिलामा कुनै जोखिमपूर्ण समस्या /छैन भन्ने यकिन गर्नुपर्छ यदि भने त्यसलाई कम गर्न, नियन्त्रणमा राख्न वा हटाउन सकिने उपायहरु अपनाउनर्ुपर्छ सोका लागि दम्पतीसँग गर्भपर्ूवको भेटमा जोखिमपूर्ण तत्त्वहरु पत्ता लगाउन विस्तृतरुपमा तिनीहरुको व्यक्तिगत, पारिवारिक एवम् वंशाणुगत सोधपुछ गर्नुपर्ने हुन्छ त्यस बेला विशेषतः महिलाको रक्तचाप लिई रर्ेकर्ड राख्न जरुरी हुन्छ रोकथामका लागि रुबेल्ला, हेपाटाइटिसको खोप तथा गर्भवती हुनु चार हप्ताअगाडिदेखि फोलिक एसिड थप मात्रामा दिनु आवश्यक हुन्छ यस क्रममा महिलाको तौल निकै कम वा बढी एवम् रक्तअल्पता /छैन परीक्षण गरिन्छ आवश्यक उपचार गरिन्छ पाठेघरको मुखबाट श्राव -पानी) झिकी जाँच गरिन्छ केही खराबी भए सोहीअनुसार उपचार गरिन्छ

यदि महिलामा गर्भपर्ूव नै मधुमेह, उच्च रक्तचाप, छारेरोगजस्ता जर्ीण्ा समस्याहरु छन् भने ती समस्याब्ााट गर्भमा हुने हानि तथा गर्भावस्थाको कारण ती स्वास्थ्यसमस्याहरुमा पर्न जाने थप कठिनाइबारे छलफल गरी आवश्यक व्यवस्थापन गर्नुपर्ने हुन्छ गर्भपर्ूव नै कतिपय औषधि बन्द गर्नुपर्ने, फर्ेर्नुपर्ने तथा औषधिको मात्रा बढाउनु वा घटाउनुपर्ने हुन सक्छ किशोरी -महिला) लाई धूमपान, मद्यपान तथा लागूपदार्थको सेवन तत्काल बन्द गराउनर्ुपर्दछ कतिपय वंशाणुगत रोगहरुको लागि विस्तृतरुपमा विशेष खालका जाँचहरु गरी जोखिम भए गर्भवती नहुन पनि सल्लाह दिनुपर्ने हुन्छ

पटक-पटक गर्भ तुहिएका, विकला· बच्चा पाइसकेका तथा विवाह भएको लामो समयसम्म पनि बच्चा पाउन नसकेका दम्पतीहरुमा गम्भीर तरिकाले अलि विस्तृतरुपमा जाँचपड्ताल गरी आवश्यक उपचार तथा सल्लाह-सुझाव दिनर्ुपर्दछ सहरी क्षेत्रका लागि मात्र नभई ग्रामीण भेगका विवाहित नवदम्पतीहरुलाई पनि गर्भवती हुनुपर्ूव सल्लाह एवम् परामर्शको उत्तिकै जरुरत सम्भव भएसम्म यस्तो परामर्श लिनु नै उचित हुन्छ

No comments:

Post a Comment