एलोभेरा तथा स्टेभिया खेती
नेपालमा एलोभेरा (घ्यूकुमारी) र स्टेभिया (चिनीबिरुवा) को व्यावसायिक खेती शुरू भएको छ । यी दुवै कृषि उपजको विश्वबजारमा निकै ठूलो माग छ । तर, मागको १० प्रतिशत पनि उत्पादन हुन सकेको छैन । सम्पूर्ण आयुर्वेदिक तथा एलोपेथिक उपचार एवम् सौन्दर्यप्रसाधन उत्पादनका लागि घ्यूकुमारीलाई विश्वमै पहिलो नम्बरमा राखिएको छ । संसारका थुप्रै कृषिवैज्ञानिकले नेपाली माटो घ्यूकुमारी र स्टेभियाको व्यावसायिक खेतीका निम्ति अत्यन्तै उपयुक्त मानेका छन् । नेपालमा व्यावसायिक रूपमा घ्यूकुमारी र स्टेभिया खेतीको शुरुआत पाम एग्रोटेक एण्ड बायो–इनर्जी नेपाल प्रालिले गरेको हो । कम्पनीले नेपाली किसानलाई यी कृषि उपजप्रति आकर्षित गर्न विभिन्न किसिमका सहयोग कार्यक्रमसमेत गर्द ै आएको छ । हालसम्म नेपालका ५५ देखि ६० जिल्लाका करीब ३ सय बिगाहा जमीनमा एलोभेरा तथा स्टेभिया खेती भइसकेको पाम एग्रोटेकका अध्यक्ष रुद्रप्रसाद गिरीले जानकारी दिए । यसमध्ये ८० प्रतिशत जमीनमा एलोभेरा र २० प्रतिशतमा स्टेभियाको व्यावसायिक खेती भइरहेको छ । अबको २ वर्षभित्रमा १ हजार ५ सय हेक्टरमा यी दुई वनस्पतिको खेती विस्तार गरिसक्ने लक्ष्य रहेको गिरीले बताए ।
विश्व स्वास्थ्य सङ्गठनको मान्यतामा रहेर तयारी खानेकुरा उत्पादन गर्दा पूर्णपोषण तइभ्वका लागि घ्यकू मु ारी जले अनिवार्य रूपमा मिसाउनपु र्न े पा्र वधान छ । घ्यूकुमारीमा २ सय जैविक तइभ्व पाइन्छ । विश्वमा अहिले झण्डै साढे २ अर्ब नेपाली रुपैयाँबराबरको घ्यूकुमारीमा आधारित उत्पादनको व्यवसाय भइरहेको अनुमान छ । घ्यूकुमारी ३ सयभन्दा बढी जातका हुन्छन् । त्यसमध्ये आठ जातका घ्यूकुमारी खानयोग्य मानिन्छन् । संसारभरि स्टेभिया र एलोभेराको बजार २ हजार प्रतिशत सुरक्षित रहेको बताइन्छ । यी दुवैको उत्पादन लिन बिरुवा रोपेपछि १ वर्ष लाग्छ । एलोभेराको बाइप्रडक्टका रूपमा एलोइन सङ्कलन पनि गर्न सकिन्छ । त्यस्तै, चिनीको विकल्पका रूपमा प्रयोग हुने स्टेभिया खेतीका लागि नेपाल अत्यन्तै उपयुक्त स्थान हो । स्टेभियामा चिनीमा भन्दा ३ सय गुणा बढी गुलियोपना (स्टेभिया साइट) हुन्छ । कोलेष्ट्रोलरहित भएका कारण मधुमेहका बिरामीले समेत चिनीको विकल्पका रूपमा स्टेभिया पाउडरको प्रयोग गर्न सक्छन् । अत्यधिक गुलियोपना हुने स्टेभियालाई चिनीको प्रमुख विकल्पकै रूपमा खेती गर्न सकिन्छ ।
नेपालमा चिनीको आवश्यकता पूरा गर्न १ लाख हेक्टर जमीनमा उखुखेती गर्नुपर्छ । तर, १ हजार ५ सय हेक्टरमा स्टेभियाको खेती गर्ने हो भने चिनीको माग पूरा हुन्छ । विश्व खाद्य सङ्गठनले स्टेभियालाई स्वास्थ्यवद्र्धक खानेकुराका रूपमा प्रमाणित गरिसकेको छ । घ्यूकुमारी र स्टेभियाको बजारको कुनै अभाव छैन । विश्वमा यी दुवै वनस्पतिको माग उच्च छ । तर, निर्यातका लागि भने यीमध्ये कुनै पनि वस्तुको उत्पादन कम्तीमा ६ टन हुनुपर्छ । सानो परिमाणमा उत्पादन हुँदासम्म स्थानीयस्तरमै खपत हुने यी वनस्पतिको नेपालको वैकल्पिक बजार भनेको मलेसिया र सिङ्गापुर हो । नेपालको हावापानी स्टेभिया र घ्यूकुमारी खेतीका लागि अनुकूल भएकाले यसैबाट मात्रै पनि वर्षेनि अर्बौं डलर आर्जन गर्न सकिन्छ ।
उपयुक्त हावापानी अहिले झापा, मोरङ, इलाम, पर्सा, बारा, मकवानपुर, नवलपरासी, काभपे्र लाञ्चाके , नवु ाकाटे लगायतका जिल्लामा स्टेभिया र घ्यूकुमारीको खेती शुरू भएको छ । घ्यूकुमारीको खेती गर्न ५ हजार मिटरको उचाइलाई पनि उपयुक्त मानिन्छ । तर, १६ देखि ४५ डिग्री सेल्सियस तापक्रममा हुने स्टेभियाका निम्ति १ हजार ५ सय मिटरभन्दा उचाइको जमीन काम लाग्दैन । एक हेक्टर जमीनमा २० हजार स्टेभियाका बिरुवा लगाउन सकिन्छ ।स्टेभियाका निम्ति स्प्रिङ्कल सिँचाइ (पाइपको फोहराले बिरुवामाथिबाट गरिने सिँचाइ)को आवश्यकता पर्छ । तर, घ्यकू मु रीका लागि भन खास सिच इ आवश्यक पदर्नै । एक हेक्टर जमीनका लागि घ्यूकुमारीको १५ हजार बिरुवा लाग्छ । तर, स्टेभियाको खेतीका लागि प्रतिहेक्टर २० हजार बिरुवा लाग्छ । यी बिरुवाको व्यावसायिक मूल्य प्रतिबिरुवा ४० रुपैयाँ पर्छ । तर, पाम एग्रोटेकले बिरुवा डेलिभरीदेखि ६ वर्षसम्म निरन्तर प्राविधिकसहित बजार व्यवस्थापनको समेत जिम्मा लिने बताएको छ । तर, यसका लागि किसानले कम्तीमा ६ हजार बिरुवा रोप्नुपर्छ । डेढ बिगाहा जमीनमा स्टेभियाको खेती गर्न पहिलो वर्ष झण्डै रू. ११ लाख खर्च लाग्छ ।
त्यसैगरी घ्यूकुमारीको खेती एक हेक्टरमा गर्न पहिलो वर्ष झण्डै रू. ९ लाख लाग्छ । एक हेक्टरमा रोपेको स्टेभियाबाट पहिलो वर्ष कम्तीमा रू. २१ लाख आम्दानी हुन्छ । त्यस्तै, घ्यूकुमारीबाट पहिलो वर्षमै रू. १८ लाख आम्दानी लिन सकिन्छ । यो क्रम निरन्तर ५ वर्षसम्म चलिरहन्छ । घ्यूकुमारीको बिरुवा रोपेको १३ महीनादेखि यसको उत्पादन लिन सकिन्छ । घ्यूकुमारीको खेती वनमा समेत गर्न सकिन्छ । निजी बारीभन्दा वनमा गरिने यो खेती सरल र आम्दानीका दृष्टिले पनि फाइदाजनक मानिन्छ । स्थानीय सामुदायिक वन घ्यूकुमारीको प्राकृतिक खेतीका लागि उपयुक्त हुन्छ । वनमा खेती गर्दा लागत मूल्य कम पर्ने हुँदा वार्षिक प्रतिहेक्टर रू. २० लाखसम्म नाफा हुने बताइन्छ । अन्य उद्योगस“ग सहकार्य स्टेभिया तथा एलोभेरा स्वदेशी उद्योगहरूका लागि समेत उत्तिकै आवश्यक छ । पाम एग्रोटेकले नेपालका केही ठूला उद्योगसँगको सहकार्यमा समेत यी दुवै वनस्पतिको खेतीलाई अझै व्यापक बनाउँदै लगेको छ । भर्खरै चितवन मिल्क र साङ्घाई ग्रूपले समेत स्टेभियाको व्यावसायिक खेती शुरू गरेका छन् । साङ्घाई ग्रूपले इलाम जिल्लाको ३ सय हेक्टरभन्दा बढी जमीनमा १५ हजार स्टेभिया र एलोभेराका बिरुवा लगाइसकेको गिर ीले जानकारी दिए । दूध र स्टेभिया पाउडर दुवैको सहज आपूर्तिका लागि चितवन मिल्कले पनि किसानलाई एकीकृत ढङ्गबाट एलोभेरा तथा स्टेभिया खेतीसँगै गाईपालनलाई प्राथमिकता दिने भएको छ ।

एलोभेरा तथा स्टेभिया खेती नेपालमा एलोभेरा (घ्यूकुमारी) र स्टेभिया (चिनीबिरुवा) को व्यावसायिक खेती शुरू भएको छ । यी दुवै कृषि उपजको विश्वबजारमा निकै ठूलो...